अभिभावकहरुको लागि जानकारी
हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:
- १) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने
- २) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने
- ३) स्कुल पोशाक सफा छ छैन हेर्ने
- ४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने
- ५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने
- ६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने
- ७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने
- ८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि नराम्रो शब्द कहिल्यै नबोल्ने
- ९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने
- १०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने
- ११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने
- १२) विदाको समयमा खेतबारीको काम सिकाउने
- १३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।